जेन–जी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका लागुऔषध मुद्दाका फरार प्रतिवादी धनकुटाबाट पक्राउ परेका छन्। धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय बुद्धराज लिम्बूलाई धनकुटाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। आरोपित लिम्बूलाई उनको घरमा नै लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले बताए।
लागुऔषध आरोपमा पक्राउ परेसँगै थप अनुसन्धानको क्रममा पुर्पक्षका लागि सुनसरी झुम्का कारागारमा लिम्बू कारागार चलान भएका थिए। उनलाई धनकुटामा पक्राउ गरेपछि झुम्का कारागार पठाएको प्रहरीले बताएको छ।