रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनीष झाले बैठक आइतबार दिउँसो २ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका छन्।

बैठकमा आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुने रास्वपाले जनाएको छ। निर्वाचन रणनीति र पार्टीको तयारीबारे बैठकमा महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार