अहिले देउवालाई समर्थन गरिरहेको तरुण दलको एक समूह पार्टी कार्यालयमा बस्दै आएको छ
निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि कांग्रेस सभापति गगनकुमार थापा नेतृत्वका नेता अब पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । एक–दुई दिनभित्रै सहज परिस्थिति बनाएर उनी कार्यालय जान लागेका हुन् । हुन त देउवा समूहले शनिबार सानेपास्थित पार्टी कार्यालयमै केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
‘हामीले आधिकारिकता पाएको अवस्थामा पार्टी कार्यालय प्रवेश गर्छौँ । मुठभेडको अवस्था अब बन्दैन भन्ने विश्वास छ । शान्ति सुरक्षाको प्रश्नमा आवश्यक परेमा प्रशासनको सहयोग लिएर हामी जान्छौँ,’ केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नयाँ पत्रिकासँग भने ।
अहिले देउवालाई समर्थन गरिरहेको तरुण दलको एक समूह पार्टी कार्यालयमा बस्दै आएको छ । थापा नेतृत्वका नेतालाई रोक्न उक्त समूह बसिरहेको छ । थापा पक्षका एक युवा नेताका अनुसार करिब ३० जनाको समूह कार्यालयमा बसेको जानकारी छ ।