कालीकोटको सेरी–पान्तडी सडकखण्डअन्तर्गत शुभकालिका गाउँपालिका– ४, सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन्।
दुर्घटनाग्रस्त जिप सडकबाट करिब तीन सय मिटर तल तिला नदीनजिक खसेको बताइएको छ। सडक निर्माण व्यवसायी अर्जुन गौतमका अनुसार घटनास्थलनजिकै तीनजनाको शव फेला परेको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलसहितको टोली घटनास्थलमा पुगेको छ।
रातिको समयमा दुर्घटना भएको र जिप भिरबाट तल खसेकाले बेपत्ताको खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।