सरकार र दुर्गा प्रसाईंबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद प्रसाईंले सिंहदरबारमा आजोजित एक समारोहबिच सम्झौतापत्रमा हस्ताक्षर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आफ्ना माग पूरा नभए फागुन १ देखि आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिँदै आएका थिए।