बर्दियामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

बर्दियाको गुलरियामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 

दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा प्रतिनिधिसभा क्षेत्र १ का लागि गुलरिया नगरपालिकामा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना स्थापना भएको छ भने प्रतिनिधिसभा क्षेत्र २ का लागि राजापुर नगरपालिका रहेको राजापुर भन्सार कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने सहायक निर्वाचन अधिकृत कमल घलेले  बताए।

मुख्य निर्वाचन अधिकृत बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठले आजबाट औपचारिक रूपमा निर्वाचन कार्यालय स्थापना भएको बताए । उनले भने, ‘राजनीतिक दल, पत्रकारलगायत सरोकारवाला निकाय निरन्तर रूपमा समन्वय गरिरहेका छौँ। अब  मतदान केन्द्र र मतदानस्थलको निरीक्षणमा समेत जाने  तयारीमा छौँ । भने निर्वाचनलाई भयरहित शान्तिपूर्ण  गराउन लाग्नेछौँ ।’

प्रमुख जिल्ला अधिकारी गोगबहादुर हमालले निर्वाचनका गतिविधि र  सुरक्षाका गतिविधि अगाडि बढाइरहेको बताए । उनले भने, ‘सुरक्षा संवेदनशील ठाउँहरूलाई निगरानी र उच्च सतर्कतामा राखेका  छौँ । निर्वाचनमा सुरक्षा गर्नलाई संयुक्त  सुरक्षा अभ्यास पनि गरिरहेका छौ।’

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै दलका नेता तथा कार्यकर्ता मतदातासँग भेटघाटमा व्यस्त देखिन थालेको छन् । गाउँ बिर्सिएका र जनताका पीडा बिर्सिएका नेताहरू अहिले गाउँमा आउन थालेको स्थानीयहरूको गुनासो रहेको छ ।

सुझावित समाचार