उद्योग व्यवसायको सम्बन्ध बनाउन उद्योग संगठनको कोशी कनेक्ट मिसन

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशको औद्योगिक विकासका लागि व्यावसायिक सहकार्यलाई प्रगाढ बनाउन उद्योग संगठन मोरङले कोशी कनेक्ट मिसन थालेको छ। स्थानीय उद्योग व्यवसायका लागि लगानीका अवसरहरू र आपसी सहकार्यको वतावरण तयार गर्न उद्योग संगठन मोरङले २ देखि ४ माघसम्म कोशी कनेक्ट मिसन सञ्चालन गरेको हो।  

उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईका अनुसार मिसनमा एक विशेष प्रतिनिधिमण्डलले कोशीका दुर्गम जिल्लाहरू उदयपुर, खोटाङ र भोजपुर जिल्लाको २ देखि ४ माघसम्म भ्रमण  गर्नेछ। भ्रमणमा सहभागी विज्ञ र प्रतिनिधिहरूले स्थानीय औद्याेगिक र व्यावसायिक अवस्थाबारे प्रत्यक्ष अन्तर्क्रिया गरेर अवस्था बुझ्नेछन् । उक्त बुझाइलाई प्रदेशको औद्याेगिक रणनीति बनाउनका लागि प्रतिवेदन तयार गरेर सरकारलाई बुझाइनेछ।  

कोशी कनेक्ट मिसनमा संगठनका  अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल,  सुरेन्द्र गोल्छा, विपिन काबरा, सुबाेध कोइराला, कोषाध्यक्ष पारस लुनियासहित कार्यसमिति सदस्यहरू सहभागी छन्।     

व्यावसायिक मिसनले क्षेत्रीय व्यापारलाई सुदृढ गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने, साझा समृद्धिको मार्ग निर्माण गर्ने लक्ष्य प्राप्तिमा टेवा पुर्याउने  अध्यक्ष नन्दकिशोर राठी बताउँछन् । अध्यक्ष राठीले भने, ‘व्यावसायिक  मिसनले  पहाड र तराईलाई साझा विकासको यात्रा अघि बढाएर उद्योग व्यवसायबिचको सम्बन्ध विस्तार गर्न र आर्थिक एजेन्डामा साझा आवाज बनाउन सहयोग पुर्याउनेछ ।’ 

सुझावित समाचार