सन् १९७९ : इरानी क्रान्तिको दबाबमा राजा मोहम्मद रेजा पह्लवी देश छाडेर इजिप्ट भागे । त्यसको एक महिनाभित्र इरानमा राजतन्त्रको अन्त्य भयो ।
सन् १५४७ : रुसलाई मध्यकालीन राज्यबाट शक्तिशाली साम्राज्यमा बदल्ने इभान चतुर्थले १६ वर्षको उमेरमा शासन सम्हाले ।
सन् १५८१ : इसाईको प्रोटेस्टेन्ट शाखालाई राज्य धर्म घोषणा गरेको इंग्ल्यान्डको संसद्ले क्याथोलिक सम्प्रदायलाई अनेक प्रतिबन्ध लागू गरेको कानुन पास गर्यो ।
सन् १७०७ : स्कटल्यान्ड र इंग्ल्यान्डलाई जोडेर ‘युनाइटेड किंडम अफ ग्रेट ब्रिटेन’ निर्माण गर्ने सम्बन्ध ‘एक्ट अफ युनियन’ विधयेक स्कटिस संसद्बाट अनुमोदित भयो ।
सन् १९१९ : अमेरिकाभर रक्सी सेवनमा प्रतिबन्ध लगाउनेसम्बन्धी १८औँ संशोधनलाई बहुसंख्यक राज्यले अनुमोदन गरेसँगै संविधानमा लिपिबद्ध भयो ।
सन् १९२० : राष्ट्र संघ परिषद्को पहिलो बैठक फ्रान्सको पेरिसमा बस्यो ।
सन् १९४५ : दोस्रो विश्वयुद्धको अन्तिमतिर बर्लिनमाथि मित्रसेनाको बमबारी तीव्र बनेपछि हिटलरले बंकरमा सरे । उनले त्यहीँ अप्रिल ३० मा आत्महत्या गरेका थिए ।
सन् १९९१ : कुवेत कब्जा गरी बसेको इराकी सेनालाई फिर्ता हुन दिइएको समय नाघेपछि अमेरिका नेतृत्वको गठबन्धनले इराकविरुद्ध विशाल सैन्य अभियान ‘अप्रेसन डिजर्ट स्टोर्म’को घोषणा गर्यो ।
सन् २००१ : कंगोका राष्ट्रपति लरेन्ट डिजायर कबिला उनका अंगरक्षकबाट मारिए ।
सन् २००३ : चर्चित स्पेपसटल कोलम्बियाले उसको अन्तिम उडान भर्यो ।
सन् २००५ : अवकाशप्राप्त रोमानियाली प्रध्यापक एड्रियाना इलिएस्सुले ६६ वर्षको उमेरमा बच्चा जन्माएर हालसम्मकै सबैभन्दा वृद्धि उमेरमा बच्चा जन्माउने महिलाको रेकर्ड राखिन् ।
सन् २००६ : एलेन जोनसन–सरलिफले अफ्रिका महादेशको पहिलो निर्वाचित महिला राष्ट्रपतिको रूपमा लाइबेरियाको राष्ट्रपति पदमा शपथ लिइन् ।