ख्वप अस्पतालले सुरु गर्‍यो सिटिस्क्यान सेवा

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले सिटिस्क्यान सेवा सुरु गरेको छ। बिहीबार सिटिस्क्यान मेसिनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले उद्घाटन गरेका छन्।
 
अध्यक्ष बिजुक्छेंले काठमाडौंबाट सिटिस्क्यान सेवा भक्तपुर आउन दुई दशक लागेको उल्लेख गर्दै देशका दूरदराजमा कहिले पुग्ला भन्ने चिन्ता व्यक्त गरे। ख्वप अस्पतालले भक्तपुरको मात्र नभई सबै क्षेत्रका जनतालाई सेवा पुर्याउनुपर्नेमा उनले जोड दिए।

अन्तर्राष्ट्रिय विद्युतीय बोलपत्रअनुसार ठेक्का पारी इस्ट वेस्ट कन्सर्न प्रालिले १० करोड ८७ लाख रुपैयाँँमा मेसिन उपलब्ध गराएको वडा नम्बर ९ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समिति सदस्य रवीन्द्र ज्याख्वले जानकारी गराएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मजेसप्रताप मल्लका अनुसार सिटिस्क्यान मेसिन अत्याधुनिक १२८ स्लाइसदेखि २५६ स्लाइस फोटो खिच्ने क्षमताको छ।

सुझावित समाचार