निर्माणाधीन काङ हाइड्रोपावरमा स्काभेटर दुर्घटना, चालक घाइते

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

मैवाखोला गाउँपालिका–६ मा निर्माणाधीन काङ हाइड्रोपावर आयोजनास्थलमा काम गरिरहेको एक स्काभेटर दुर्घटनामा परेको छ । बिहीबार आयोजनाको हेडवक्र्स क्षेत्रमा काम गर्ने क्रममा स्काभेटर भिरबाट चिप्लिएर खोलामा खसेको हो । 

दुर्घटनामा स्काभेटरचालक लमजुङ दुधपोखरी गाउँपालिका–१ निवासी मणिराज गुरुङ सामान्य घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि लगिएको छ।

अस्पताल स्रोतका अनुसार हाल गुरुङको अवस्था सामान्य रहेको र उपचार जारी छ। घटनापछि आयोजनास्थलमा केही समय काम प्रभावित भएको थियो । दुर्घटनाबाट मेसिनमा क्षति पुगे पनि अन्य क्षति नभएको आयोजनाले जनाएको छ। 
 

सुझावित समाचार