पार्टीको विवरण छिटो अद्यावधिक गर्न निर्वाचन आयोगलाई गगन पक्षको आग्रह

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

विशेष महाधिवेशनपछि गठन भएको गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेस कार्यसमितिले आफ्नो पहिलो बैठकका निर्णय कार्यान्वयनमा ल्याउने प्रक्रिया थालेको छ। सोही क्रममा पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरू पार्टी विवरण अद्यावधिकका लागि निर्वाचन आयोग पुगेर निवेदन दिएका छन्। 

सहमहामन्त्री डिला संग्रौलाका अनुसार केन्द्रीय समितिको आज बसेको बैठकले पार्टीसम्बन्धी सबै विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने निर्णय गरेपछि सो प्रक्रिया सुरु गरिएको हो। उनले आफू पहिले नै आयोगमा उपस्थित भइसकेको र सभापतिसहित अन्य पदाधिकारीहरू क्रमशः त्यहाँ  पुगेको जानकारी दिइन्। उनले भनिन्, केन्द्रीय समितिले गरेका निर्णयअनुसार पार्टीको विवरण अद्यावधिक गर्न आज निर्वाचन आयोगलाई जानकारी गराउन लागिएको हो। 

बुधबार सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेसँगै संगठनात्मक तथा कानुनी प्रक्रिया अघि बढाएको छ।

र्वाचनको मितिलाई ख्याल गरी पार्टीको विवरण छिटो अद्यावधिक गर्न गगन थापाले कार्यवाहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायत पदाधिकारीलाई आग्रह गरेका छन्। 

सुझावित समाचार