झापाकाे कन्काईमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिकामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुरका डेढ वर्षीया बालिका आरुती राजवंशी र भद्रपुरकै ४० वर्षीया सुष्मा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दुवैजना आमाछोरा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे.१च४५१५ नम्बरको पिकअप (मालवाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.५ख २१४९ नम्बरको बस एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा परी पिकअपमा सवार अन्य १२ जना घाइते भएका हुन् ।

घाइतेको बिर्तामोडस्थित बिएन्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये  दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । माघ १ गते माघेसंक्रान्तिको अवसरमा माई नदीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त पिकअप भ्यानमा माईमेला गएका यात्री रहेको प्रहरीले जनाएको छ ।

 

सुझावित समाचार