कांग्रेसको उपसभापतिमा विश्वप्रकाश र पुष्पा, महामन्त्रीमा प्रदीप र गुरुराज चयन

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। विशेष महाधिवेशनको उपसभापतिमा उनीहरूको मात्र उम्मेदवारी दर्ता भएको छ। 

हालसम्म सभापति गगन थापा, उपसभापति शर्मा र भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे सर्वसम्मत भएका छन्। 

अन्य पदमा पनि सहमतिका लागि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। जसअनुसार बिहीबार बिहान २ बजेबाट मात्र मतदान सुरु भएको छ। 

सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारूतर्फ योगेन्द्र चौधरी र  पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् । केन्द्रीय सदस्य पनि सर्वसम्मत भएका छन्।

सुझावित समाचार