आधिकारिकता दाबी गर्दै कांग्रेसका दुवै पक्षद्वारा निर्वाचन आयोगलाई पत्राचार

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

आधिकारिकताको दाबी गर्दै नेपाली कांग्रेसको दुवै पक्षले निर्वाचन आयोगलाई पत्राचार गरेको छ। संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भएको भनेर पत्र लेखेको छ भने विशेष महाधिवेशन पक्षधरले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएकाले आफूहरू आधिकारिक भएको दाबी गरेको छ। 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षको पत्र आएको र त्यसमा अध्ययन भइरहेको बताए। 

बुधबार बसेको कांग्रेसको कार्यसमितिति बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासनको निर्णय गरेको थियो। सो बैठकमा संस्थापन पक्ष मात्र सहभागी थियो। 

विशेष महाधिवेशन पक्षधरले भने केन्द्रीय कार्यसमिति पहिले नै भंग भइसकेकाले सो बैठकको निर्णयको कुनै औचित्य नहुने दाबी गरेको छ। 

सुझावित समाचार