नेपाली कांग्रेसको संस्थापन समूहले पार्टीबाट निष्कासन गरेका महामन्त्री गगन थापाले आफूहरूले चुनावमा जनतासमक्ष जाने आधार मात्रै मागेको प्रस्ट पारेका छन्।
केन्द्रीय कार्यसमितिले कारबाही गरेपछि भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
‘मैले आज बिहान पनि उहाँ (सभापति)लाई घरमा गएर भनेको थिएँ– विशेष महाधिवेशनको हलबाट एउटा अन्तरिम नेतृत्व छानौँ, जसलाई छाने पनि हुन्छ । तपाईं भन्नुस् कसलाई बनाउने हो,’ उनले भने।
आफूहरूले जेन–जी आन्दोलनअघिका कुरालाई बिसाएर जनतामाझ जाने ठाउँ खोजेको प्रस्ट पार्दै थापाले भने, ‘केवल यति टेक्ने ठाउँ दिनुस् कि फागुन २१ गते देश र जनताको बिचमा जाँदै गर्दा नेपाली कांग्रेस पार्टीले भदौ २३ अघिको आफ्ना धेरै कुरालाई बिसाएर नयाँ भएर आएको छ भन्ने मौका दिनुस्, त्यति भन्न पाए हुन्छ।’