नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत जारी निर्वाचनको कार्यतालिका संशोधन भएको छ। केन्द्रीय निर्वाचन समितिले कार्यतालिका संशोधन गरेको हो।
काठमाडौंको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयनपत्र दर्तासम्मको प्रक्रिया पूरा भइसकेकाले बाँकी कार्यक्रम संशोधन गरिएको निर्वाचन समितिले जनाएको छ। यसअघि पुस २९ गते निर्वाचन हुने गरी कार्यतालिका प्रकाशित भए पनि संस्थापन पक्षसँगको छलफल लम्बिएपछि कार्यतालिका संशोधन गरिएको हो।
नयाँ कार्यतालिकाअनुसार आज बुधबार बेलुकी ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ। ४ देखि ४ः३० बजेसम्म दाबी विरोध, ४ः३० देखि ५ बजेसम्म दाबी विरोधको छानबिन भई ५ः०५ बजे पुनः नामावली प्रकाशन हुनेछ।
आज अपराह्न ५ः०५ देखि ५ः३५ सम्म मनोनयन फिर्ता, ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। आज राति ८ देखि ११ बजेसम्म मतदानको समय तोकिएको छ।
यस्ताे छ संशाेधित कार्यतालिका :

