कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबिचको छलफल विनानिष्कर्ष टुंगिएको छ। बुधबार बिहान एक घण्टा देउवानिवासमा छलफल भएको थियो।
सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षले निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको छ।
छलफलमा गगन र विश्वप्रकाशले देउवालाई राजीनामा दिनुपर्ने बताएका थिए। देउवाले कुनै जवाफ नदिएको स्रोत बताउँछ। बैठकमा देउवाले पार्टी नफुटाउन आग्रह गरेको एक नेताले बताए। हाल देउवा आफू निकटस्थनेताहरुसँग छलफलमा छन्।
उता विशेष महाधिवेशन पक्षले भने आज निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा आज मनोनयन दर्ता र निर्वाचनको कार्यक्रम छ। मंगलबार पनि तीन चरणकाे वार्ता सहमतिमा पुग्न सकेन। आज पनि सहमति नभए पार्टी विभाजन हुने जोखिम बढेको छ।