नेपाली कांग्रेसका नेता शशांक कोइरालाले एकता नै आफ्नो बटमलाइन रहेको बताएका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले भने, ‘नेपाली कांग्रेसमा एकता हुनुपर्याे। त्यत्ति हो बटमलाइन।’
यसमा महामन्त्रीद्वयको धारणा के छ भन्ने प्रश्नमा कोइरालाले प्रतिक्रिया दिए, ‘उहाँहरू आ–आफ्नो डम्फू बजाउँदै हुनुहुन्छ । हामी चाहन्छौँ वार्ता गरेर एक होस्।’