नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। सोहीअनुसार निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले कार्यतालिका सार्वजनिक गर्दै समितिको बैठकबाट निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई भंग गरी मंगलबार बिहान केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको हो।