कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विशेष महाधिवेशन पक्षका नेतासँग वार्ताको प्रक्रिया अघि बढाएका छन्। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेताद्वय रमेश लेखक र बालकृष्ण खाणलाई विशेष महाधिवेशन पक्षसँग वार्ताका लागि खटाएका छन्। जसअनुसार मंगलबार बिहान दुई पक्षबिच वार्ता हुने भएको छ।
संस्थापन पक्षबाट वार्ताको प्रस्ताव आएपछि विशेष महाधिवेशन पक्षधरले पनि वार्ता टोली बनाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे रहेको वार्ता टोली गठन गरेका हुन्।
गगन र विश्वप्रकाशको पहलमा आइतबारदेखि काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । जुन महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्ने प्रक्रिया अघि बढाएपछि देउवाले छलफल थालेका हुन् ।
उता, मंगलबार बिहान ११ बजेका लागि सातै प्रदेशका सभापतिसहितको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।