राइड सेयरिङ चालकहरूलाई ट्राफिक प्रहरीको सचेतना

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले राइड सेयरिङ मोटरसाइकल चालकहरूसँग अन्तर्क्रिया तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ अन्तर्गत सोमबार उक्त कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ।

कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर कुमार शाह तथा प्रहरी नायब निरीक्षक महेन्द्र पन्थी उपस्थित थिए।

उक्त कार्यक्रममा राइड सेयर बाइक चालकहरूलाई सडक दुर्घटना न्यूनीकरण, पिक एण्ड ड्रप गर्दा अपनाउनुपर्ने सावधानी, प्रचलित ट्राफिक नियमको पालना, साथै सडकमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउन उनीहरूको भूमिकासम्बन्धी विषयमा विस्तृत रूपमा जानकारी गराइएको थियो।

कार्यक्रमका क्रममा सहभागी राइडरहरुले सवारी चलाउँदा ट्राफिक नियम पूर्ण रूपमा पालना गर्ने, यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्ने तथा सुरक्षित र अनुशासित सडक संस्कृतिको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका ट्राफिक प्रहरीले जनाएको छ।

सुझावित समाचार