नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पुन: सहभागी हुन आग्रह गरेका छन्।
भृकुटीमण्डपमा महाधिवेशनमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले यो कार्यक्रममा सबैको सहभागिता आवश्यक भएको बताए। उनले भने, ‘यो पार्टीको विधानअनुसारको कार्यक्रम हो, कुनै अलग कार्यक्रम होइन।’
थापाले नेताहरू डरले सहभागी हुन नसकेको र देशभरका कार्यकर्ताहरूले समर्थन जनाइरहेको पनि बताए। साथै, उनले विशेष महाधिवेशनलाई अवैधानिक ठहर्याउन नहुने दाबी गरे।