कांग्रेस जिउँदा मानिसहरूको पार्टी हाे, यहाँ कुनै ‘बा’ छैन : महामन्त्री थापा

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण
कांग्रेस जिउँदा मानिसहरूको पार्टी हाे, यहाँ कुनै ‘बा’ छैन : महामन्त्री थापा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा प्रश्न नमरेको बताएका छन्। विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसमा कुनै ‘बा’ नरहेको स्पष्ट पारे।

प्रतिनिधिले विशेष महाधिवेशनलाई जसरी टुंग्याए पनि आफूहरूलाई आपत्ति नरहेको उल्लेख गर्दै उनले भने, ‘तपाईंहरूले जति गर्नुभएको छ, मेरो लागि यो पनि ठुलो छ। किनकि तपाईंको एउटा प्रयासले नेपाली कांग्रेसको बारेमा एउटा कुरा स्थापित गरेको छ– कांग्रेस दास र लासहरूको पार्टी होइन। कांग्रेस जिउँदा मानिसहरूको पार्टी हो। कांग्रेसमा यो प्रश्न मरेको छैन।’

पार्टीमा कोही मालिक र दास नरहेको भन्दै महामन्त्री थापाले पार्टीका सदस्यहरूले आफ्नो हकको दाबीस्वरूप विशेष महाधिवेशन गरेको जिकिर गरे।

‘भोलि जोसुकै आओस्, कसैले पनि अब पार्टीको सदस्यलाई हेप्न सक्दैन। तल बस्ने सदस्यहरूलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ,’ उनले भने, ‘किनकि यो (विशेष महाधिवेशन) माथिले गरेको होइन, तलले गरेको हो।’

सुझावित समाचार