नेपाली कांग्रेसका नेता केदार कार्कीले डा. शेखर कोइरालाले अघि सारेको राजनीतिक लाइनलाई अघि बढाउने उद्देश्यले विशेष महाधिवेशनमा सहभागी भएको बताएका छन् ।
उनले वर्तमान नेतृत्वप्रति शेखर कोइरालाले लिएको अडान नै आफू उपस्थित हुनुको आधार भएको उल्लेख गरे। ‘उहाँको विचार र संकल्पलाई महाधिवेशन प्रतिनिधिहरूले अघि बढाइरहेका छन्,’ कार्कीले भने ।
उनले चुनावअघि नै डा. कोइरालाले नियमित महाधिवेशन हुनुपर्ने र त्यो सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक रूपमा राखेको पनि स्मरण गरे ।