पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ। पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन्।
३०४औँ जन्मजयन्तीका अवसरमा सिंहदरबारको पश्चिम मूलढोकाअघि रहेको सालिकमा राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, प्रधानन्यायाधीशलगायत राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतले माल्यार्पण गरेका छन् ।
प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ।












