ललितपुरकी खुुसी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार स्वर्ण पदक जितेका छन् ।
जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर महिला ४९–५३ केजीको फाइनलमा खुसीले भक्तपुरकी सविना तामाङलाई पराजित गरिन् ।
सिनियर महिला ५३–५७ केजीमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ तथा ५७–६१ केजीमा सोयाले काभ्रेकी एलिना बन्मालीलाई फाइनलमा हराएका थिए ।