उपत्यकाका १६ सय ट्राफिक प्रहरीलाई इन्फ्युएन्जा भ्याक्सिन लगाइने

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई इन्फ्युएन्जा भ्याक्सिन लगाइने भएको छ । धुलो र धुुँवामा लामो समय काम गर्दा रुगाखोकीलगायत समस्याले सताउने भएकाले त्यसको प्रतिरोधी भ्याक्सिन लगाउन लागिएको हो। 

शनिबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधि बसौलाबिच ट्राफिक प्रहरी कर्मचारीहरूलाई इन्फ्लुएन्जा भ्याक्सिन कार्यको शुभारम्भसम्बन्धी समझदारीपत्र आदानप्रदान भएकोछ। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीलाई यस्तो भ्याक्सिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगाइनेछ। ‘सडकमा लामो समय धुलो र धुँवामा काम गर्नुपर्दा ट्राफिक प्रहरीलाई रुगाखोकीलगायत समस्याले सताउँछ,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदी भन्छन्, ‘जसकारण प्रहरीको उत्प्रेरणाका लागि भ्यासिन सुरु गर्न लागेका हौँ।’ नेपाल प्रहरीको नियमित बजेटबाटै यस्तो भ्याक्सिन लगाइने उनको भनाइ छ। उपत्यकामा एक हजार ६ सय ४१ ट्राफिक प्रहरी कार्यरत छन्। 
 

सुझावित समाचार