नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का नेता घनश्याम भुसालले नेपाली कांग्रेसका नेता गगन थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनको सफलताका लागि शुभकामना दिएका छन्।
भुसालले विशेष महाधिवेशन सफल भए नेपाली राजनीतिमा सकारात्मक परिवर्तन आउने उल्लेख गर्दै यसले दलाल पुँजीवाद र विचारको खुला खरिद–बिक्री रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका भुसालले गगन–विश्वको नेतृत्वमा हुने विशेष महाधिवेशन कांग्रेसको आन्तरिक विषय भए पनि यसले देशको राजनीतिक गतिरोध तोड्न योगदान गर्न सक्ने बताए।
कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते भृकुटीमण्डपमा हुँदै छ, यद्यपि संस्थापन पक्षले भने यसलाई अस्वीकार गरेको छ।