बर्दियामा जलपन्छी गणनाका लागि सरोकारवाला निकायको बीचमा समन्वय बैठक बसेको छ। विश्वभर एकसाथ हुने जलपन्छी गणनाका लागि सरोकारवाला निकायको बीचमा समन्वय बैठक बसेको हो । बर्दियामा साेमबारबाट हुने जलपन्छी गणनाका लागि निकुञ्जमा सरोकारवाला निकायका बीचमा बैठक बसी जलपन्छी गणना गर्न पूर्व तयारी समेत गरेको निकुञ्जका संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिए।
उनले भने, ‘ जलपन्छी गणना गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गण, नेचर गाइड एशोसियसन, पर्यापर्यटन विकास मञ्च, होटल एशोसियसन, बर्दिया नेचर कन्जरभेसन क्लब, उज्यालो नेपाल, मध्यवर्ती क्षेत्र परिषद, चोरी सिकार नियन्त्रण युवा परिचालन, नेपाल पन्छी संरक्षण संघ र ZSL Nepal को सहयोग रहने छ ।’
जलपन्छी गणना गर्नका लागि ६० जनाको सहभागिता हुने नेपाल पन्छीविद् संघका केन्द्रिय सदस्यले रामबहादुर शाहीले बताए। उनले भने,‘ पर्सिबाट हुने चरा गणना गर्नका लागि कर्णाली, गेरुवा, बढैयाताल सत्तखलुवा ताल लगायतको ताल तलैयामा गणना गरिने छ।’