निर्वाचन आचारसंहिता लगाउने तयारी, निर्वाचन आयोगका पदाधिकारीसँग सरकारको छलफल

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छिन्।  निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि  आयोगसँग उनले छलफल गरेकी छिन्। 

बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो। 

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारी थिए। 
 

सुझावित समाचार