आइसिसी महिला टी–२० विश्वकप छनोटअघि बुधबार भएको अभ्यास खेलमा नेपाल अमेरिकासँग आठ विकेटले पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गरी चार विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।
प्रत्युत्तरमा अमेरिकाले दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको ब्याटिङमा कप्तान इन्दु बर्माले नटआउट ३४ रनको योदगान दिएकी थिइन् । नेपालले शुक्रबार स्कटल्यान्डसँग तथा आइतबार जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ । २८ पुसदेखि हुने विश्वकपमा छनोटका लागि नेपालको पहिलो खेल थाइल्यान्डसँग रहेको छ ।