भरुवा बन्दुकसहित सुर्खेतमा एक व्यक्ति पक्राउ

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

सुर्खेतको लेकबेँसी नगरपालिका– ९ स्थित सिमदमार क्षेत्रबाट भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन्।

बुधबार प्रहरीले लेकबेँसी– ९, सिमदमारबाट ३८ वर्षीय धनबहादुर रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रावत बाटोमा हिँडिरहेको अवस्थामा एक थान भरुवा बन्दुकसहित फेला परेपछि प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका रावतलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार