सुर्खेतमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

बाघको आक्रमणबाट सुर्खेतमा एकजनाको मृत्यु भएको छ। बाघको आक्रमणबाट भेरीगंगा नगरपालिका– ५, गेरबानीका नरबहादुर सारूकी श्रीमती ५७ वर्षीया गंगा सारूको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार कसैलाई जानकारी नगराई घरबाट निस्केकी गंगाको शव बुधबार बिहान ९ बजेतिर घरदेखि अन्दाजी सय मिटर उत्तरतिर सालघारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीले बताए।

दुई नातिनीहरूले सारूले लगाएका कपडा र चप्पलसहित रगत देखेका थिए। त्यसको ६ सय मिटर पूर्वतर्फ टाउको भेटिएको शाहीले जानकारी दिए। 

सुझावित समाचार