विशेष महाधिवेशन सभापतिले नै उद्घाटन गरून् : केसी

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण
विशेष महाधिवेशन सभापतिले नै उद्घाटन गरून् : केसी

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले सकेसम्म सभापति शेरबहादुर देउवाबाटै विशेष महाधिवेशनको उद्घाटन गराउने बताएका छन्।

विशेष महाधिवेशन घोषणा गर्न बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा नेता जगदीश्वरनरसिंह केसीले सभापति देउवाले नै विशेष महाधिवेशन उद्घाटन गरून् भन्ने आफूहरूको चाहना रहेको बताए।

‘नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आएर उद्घाटन गरिदिनुहुन्छ र यही उद्घाटन प्रक्रियामा विशेष महाधिवेशन अघि बढोस्,’ केसीले भने, ‘हाम्रो चाहना यसरी सभापतिको इच्छाविपरीत पार्टीको विशेष महाधिवेशन गर्ने रहर नहुँदा नहुँदै पनि यो बाध्यकारी अवस्थामा अघि बढाइरहेका छौँ।’

सुझावित समाचार