राष्ट्रिय सभा निर्वाचन : बागमतीबाट देवकोटा र दंगालको मनोनयन दर्ता

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट सत्तागठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

नेपाली कांग्रेसकी गीता देवकोटा र नेकपा एमालेका डा. प्रेमप्रसाद दंगालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसकी देवकोटाले सत्तागठबन्धनको तर्फबाट महिला क्लस्टरमा मनोनयन दर्ता गराएकी हुन्। चितवननिवासी देवकोटाको प्रस्तावक बागमती प्रदेश सभा सदस्य किरण थापा र समर्थक रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा छन्।

यस्तै, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका डा. दंगालले अन्य क्लस्टरमा मनोनयन दर्ता गराएका छन्। कांग्रेसको समर्थनमा उम्मेदवार बनेका दंगाल अखिल नेपाल कृषक महासंघका केन्द्रीय अध्यक्ष हुन्। उनका प्रस्तावक विनु रायमाझी र समर्थक हिदम लामा छन्।

सुझावित समाचार