उदयपुर– २ मा एमालेबाट डा. थापासहित पाँचजना सिफारिस

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर २ मा एमालेबाट पाँचजनाको नाम सिफारिस गरिएको छ।

एमाले उदयपुर कमिटीको गाईघाटमा बसेको बैठकले पूर्वाधारविज्ञ डा. भेषराज थापासहित नेता ज्ञानेन्द्र श्रेष्ठ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव देवराज राई, एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य अमर रायमाझी र कोशी प्रदेशका पूर्वउपसचिव शैलेश लामालाई सिफारिस गरेको हो।

सुझावित समाचार