रामेछापमा ७० वर्षीया महिलाको शव फेला

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

रामेछापकाे  सुनापति गाउँपालिका– ३, हिलेदवीस्थित डोग्माकी एक वृद्ध महिला घरनजिकैको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । मृत्यु हुनेमा सुनापति गाउँपालिका– ३, हिलेदवीस्थित डोग्माकी ७० वर्षीया साहिँली घिसिङ रहेकी छिन् ।

उनी हिजो दिउँसो घरबाट एक्लै बाहिर निस्किएकी थिइन् । बेलुकासम्म घर नफर्किएपछि उनका परिवारका सदस्य उनको खोजीमा जुटेका थिए । स्थानीय पैदलयात्रीले सो स्थानमा घोप्टो परेर मृत अवस्थामा महिलाको शव देखेपछि इलाका प्रहरी कार्यालय बेथानमा खबर गरेका थिए ।

स्थानीयको खबरसँगै घटनास्थल पुगेको प्रहरीको टोलीले स्थलगत मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि सदरमुकाम मन्थली पठाएको  छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेथानका प्रहरी सहायक निरीक्षक शेरबहादुर बराकोटीले जानकारी दिए । 

See More On

सुझावित समाचार