इतिहासमा आज

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

सन् १९७९ : छिमेकी भियतनामको फौज प्रवेश गरेर कम्बोडियाको खमेरुज शासन अन्त्य गर्यो । योसँगै पोल पोट नेतृत्वको चार वर्षको कठोर शासन अन्त्य भयो ।

सन् १९४९ : गोल क्षेत्र जितेपछि पछि हट्न दिइएको सिनेटको आदेशलाई अस्वीकार गरेपछि पोम्पेसँग नजिक रहेको सिनेटले जुलियस सिजरलाई रोमन गणतन्त्रको शत्रु घोषणा गर्यो । यस निर्णयले रोम साम्राज्यलाई विध्वंसकारी गृहयुद्धमा धकेल्न भूमिका खेल्यो ।

सन् १६१० : ग्यालिलियो ग्यालिलीले बृहस्पतिका पहिलो तीन भूउपग्रह आइओ, युरोपा र गेनिमेट पत्ता लगाए । यस खोजपछि सबै कुराले पृथ्वीको चक्कर लगाउने त्यतिवेलासम्मको भ्रम तोडियो । 

सन् १७८२ : संयुक्त राज्य अमेरिकाको पहिलो व्यावसायिक बैंक ‘बैंक अफ नर्थ अमेरिका’को काम सुरु भयो । 

सन् १८२२ : स्वतन्त्र अश्वेत अमेरिकीहरूले पश्चिम अफ्रिकामा केही जमिन किनेर ‘लाइबेरिया’ नामक स्वतन्त्र अश्वेत राज्य बनाउने अभियान सुरु गरे ।  पहिलो बस्ती बसाइएको स्थान हाल लाइबेरियाको राजधानी मनरोभिया हो । 

सन् १९०२ : बक्सर विद्रोहपछि राजधानी सारेकी साम्राज्ञी डोवगर सिसी र शाही भारदर सियानबाट पेकिङ फर्किए । 

सन् १९४६ : कम्बोडिया इन्डो–चीन क्षेत्रमा रहेको फ्रान्सेली साम्राज्यभित्रको स्वशासित राज्य बन्यो । 

सन् १९५९ : अमेरिका समर्थित तानासाह फुल्गेन्सियो बाटिस्टा अपदस्थ भएर बनेको फिडेल क्यास्ट्रो नेतृत्वको क्युबाली सरकारलाई अमेरिकाले केही दिनभित्रै मान्यता दियो । 

सन् १९९० : इटलीको पिसास्थित ढल्किएको टावरमा संरचनात्मक समस्या आएपछि सुरक्षाका लागि पर्यटकको प्रवेश बन्द गरेर ममर्त सुरु गरियो । 

सन् २०१५ : फ्रान्सेली व्यंग्य पत्रिका ‘चार्ली हेब्दो’को पेरिसस्थित मुख्यालयमा आइएसले गरेको आक्रमणमा १२ जना मारिए । 

सन् २०२२ : अमेरिकाको म्यारिल्यान्ड राज्यस्थित बाल्टिमोरमा पहिलोपटक सुँगुरको मुटुको मानवमा सफल प्रत्यारोपण भयो । 
 

सुझावित समाचार