ज्योति विकास बैंकका ग्राहकलाई भोटेकोसी हेली रिसोर्टमा छुट

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

ज्योति विकास बैंक लिमिटेडले सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा प्रालिमा बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। भोटेकोशीको रमणीय प्राकृतिक सौन्दर्य, स्वादिष्ट परिकार र उत्कृष्ट आतिथ्य सेवाका कारण भोटेकोशीस्थित यस रिसोर्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ज्योति विकास बैंकले ५० प्रतिशत बढी रकम छुट्याएको बैंकको दाबी छ। यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानीमार्फत हरेक वर्ष २५९० भन्दा बढी शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।

सुझावित समाचार