व्यक्ति बेपत्ता पारेको भन्दै पाँचजना प्रहरीविरुद्ध जाहेरी

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

डोल्पाको ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाय बेपत्ता घटनामा पाँच प्रहरीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय खदाङका प्रहरी सहायक निरीक्षक (असइ) हेमराज कार्कीसहित पाँच प्रहरीविरुद्ध जाहेरी दर्ता भएको हो ।

कार्कीसँगै कार्यालयमा कार्यरत प्रहरी जवान लालबहादुर घर्ती, भगिरथ जैसी, जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी जवान अशोक साउद र जिल्ला प्रहरी कार्यालयमै कार्यरत घुमुवा प्रहरी नरेन्द्र खड्काविरुद्ध जुन रोकायका परिवारले जाहेरी दर्ता गरेको हो । उनीहरू सबैविरुद्ध व्यक्ति बेपत्ता पारेको आरोप छ । 

पाँचैजनाविरुद्ध बेपत्ता युवक जुन रोकायकी श्रीमती धनमतीले किटानी जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा जाहेरी दर्ता भएसँगै स्थानीयले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएका छन् ।

सोमबार बिहानैदेखि डोल्पामा सवारीसाधन सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले बताए । गत शुक्रबार साँझ ल्हाँ गाउँका ३४ वर्षीय युवा जुन रोकाय चेकिङका क्रममा आत्तिएर ठुलीभेरी नदीमा हाम फालेको प्रहरीको भनाइ छ ।

चारजना प्रहरी चेकिङका लागि खदाङस्थित प्रहरीचौकीभन्दा तीन किलोमिटर टाढा पर्ने छेप्के पुलमा पुगेका थिए । इप्रकाको नेतृत्व असइ कार्कीले गरेका थिए ।

See More On

सुझावित समाचार