केपी ओलीको स्थानहद फुकुवा
एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको स्थानहद फुकुवा भएको छ। जेन–जी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिएसँगै ओलीको स्थानहद फुकुवा भएको हो। आयोगले गत असोज १२ मा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थानहद लगाएको थियो ।
नागरिकता नियमावली राजपत्रमा प्रकाशित, आमा–बाबुको पहिचान नखुलेकाले स्वघोषणा गरेर नागरिकता पाउने
नागरिकतासम्बन्धि नियमावली(चौथो संशोधन) राजपत्रमा प्रकाशित भएको छ। यसले नागरिकताविहिनहरुलाई नागरिकता पाउने सहज हुने अपेक्षा गरिएको छ। दुई साताअघिको मन्त्रिपरिषद्को बैठकल नियमावली संशोधन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार सोमबार राजपत्रमा प्रकाशित भएसँगै यो कार्यान्वायनका लागि बाटो खुलेको छ । नयाँ नियमावलीअनुसार आमा–बुबाको पहिचान नखुलेकाहरुले पनि स्वघोषणा गरेर नागरिकता पाउनेछन् ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
सरकारले इजरायलसँगको श्रम सम्झौता स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँगको श्रम सम्झौता र ओमानसँगको समझदारीपत्र स्वीकृत गरेको हो । बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि
सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २८.७३ अंक (१.१० प्रतिशत)ले बढेर दुई हजार ६३९.३७ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि ०.८२ प्रतिशतको बढोत्तरी भएको छ। आज ३३५ कम्पनीका एक करोड २४ लाख ५९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ।
नाउपाका वरिष्ठ उपाध्यक्षसहित थरूहट–थारूवान अभियन्ताहरू रास्वपामा समाहित
नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितसहित थरूहट–थारूवान अभियन्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन्। सोमबार विशेष कार्यक्रमबिच रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट–थारुवान अभियन्ता लक्ष्मण थारू र सुरेन्द्र चौधरीले समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
वीरगन्जमा आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि कफ्र्यु आदेश जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्ज महानगरपालिकाको संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।
पुराना दल र नेतालाई कटाक्ष गरेर समय खेर नफालौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब नयाँ नेपालको नक्सा कोर्नुपर्ने भन्दै पुराना दल र नेतालाई कटाक्ष गरेर समय खेर नफाल्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। सोमबार पार्टीको बृहत् राजनीतिक समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले अपदस्त भएकाहरूलाई मानमर्दन गरेर समय खेर नफाल्न आग्रह गरेका हुन् ।
आगामी टी–२० विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक (तस्बिरहरू)
आइसिसी टी–२० विश्वकप २०२६ मा नेपाली राष्ट्रिय पुरुष टिमका खेलाडीले लगाउने जर्सी सार्वजनिक भएको छ। ट्रफी टुरअन्तर्गत सोमबार सोल्टी होटेलमा भएको कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको जर्सी सार्वजनिक गरेको हो।
संवैधानिक आयोगका अध्यक्षसहित गृहमा छलफल, सद्भावका लागि आह्वान
केही दिनयता मधेशमा देखिएको सामाजिक सद्भाव विरोधी गतिविधि देखिएपछि गृह मन्त्रालयमा विभिन्न आयोगका अध्यक्षसहित छलफल भएको छ । बैठकले सद्भाव र संयमता कायम राख्न सबैलाई आग्रह गरेको छ ।
एसएमसी एपका नाममा करोडौं ठगी, चिनियाँसहित ११ जना पक्राउ
एसएमसी एपमार्फत नेपालमा ठगी गर्ने गिरोह पक्राउ परेको छ। प्रहरीको साइबर ब्यूरोले एक चिनियाँसहित ११ जनालाई पक्राउ गरेको हो। उनीहरुले चितवनमा दर्ता गरिएको एसएमसीएम नामक विज्ञापन कम्पनीको आवरणमा ठगी गरेका हुन्।