नाउपाका वरिष्ठ उपाध्यक्षसहित थरुहट–थारुवान अभियन्ताहरू रास्वपामा समाहित

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण
नाउपाका वरिष्ठ उपाध्यक्षसहित थरुहट–थारुवान अभियन्ताहरू रास्वपामा समाहित

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितसहित थरुहट–थारुवान अभियन्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन्।

सोमबार विशेष कार्यक्रमबिच रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट–थारुवान अभियन्ता लक्ष्मण थारू र सुरेन्द्र चौधरीले समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

रास्वपाले टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्विकार्दै आफ्नो नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति, सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने सहमतिपत्रमा उल्लेख छ।

सुझावित समाचार