माछापोखरीमा कोठाबाटै सुनसहित विभिन्न धनमाल चोरी गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ।
गत शुक्रबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ घर भई काठमाडौं महानगरपालिका– १६ माछापोखरीमा डेरा गरी बसेका व्यक्तिको कोठाबाट सुन, मोबाइल, घडीलगायतका धनमाल चोरी भएको थियो।
चोरीको सूचनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ५ घर भई तारकेश्वर नगरपालिका– ५ गोलढुंगा बस्ने २२ वर्षीय मनोज थापाको घर खानतलासी गर्दा चोरीका सामान बरामद भएको प्रहरीले जनाएको छ।
थापाको घरबाट एक–एकथान पोतेसहितको सुनको तिलहरी, सुनको औंठी, आइफोन, सामसङको आइप्याड, रियलमी मोबाइल, क्यासियोको घडीलगायतका सामान बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।