मदन भण्डारी लाेकमार्गकाे उदयपुरकाे त्रियुगा नगरपालिका- ७, हाेक्सेखण्डमा ट्याक्टर दुर्घटनामा परी दुईजनाकाे मृत्यु भएकाे छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दाेङका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका- ६, जलजले बस्ने वर्ष ४३ का राजा हुसेन अली र मोहनपुर बस्ने वर्ष २६ की आशा सदाको मृत्यु भएकाे हाे ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.१त २८२५ नम्बरकाे ट्याक्टर (सिमेन्ट घोल्ने मिक्चर मेसिन जडान भएको) आफैँ ओरालोमा अनियन्त्रित भई दुर्घटना भएकाे थियाे ।
घाइते त्रियुगा नगरपालिका- ६, मोहनपुर बस्ने वर्ष ४० की समिद्रा सदाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको र वर्ष ४५ का शम्भु सदा जिल्ला अस्पताल उदयपुरमा उपचारपश्वात् डिस्चार्ज भएकाे दाेङले जानकारी दिए ।
दुर्घटनामापश्चात् ट्याक्टरचालक त्रियुगा- ६, बगरटोल बस्ने वर्ष ३० का बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार रहेकाले निजको खोजतलास भइरहेको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।