नेकपा एमालेले गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष गोकर्ण विष्टलाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ।
एमालेले गुल्मीका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा यसअघि नै प्रदीप ज्ञवालीको नाम एकल सिफारिस गरिसकेको छ। क्षेत्र नम्बर २ मा भने गोकर्ण विष्ट, रामकुमारी झाँक्री, राजेन्द्र अर्याललगायत ६ जनाको नाममा आन्तरिक छलफल भएको थियो। छलफलपछि अन्ततः विष्टकै नाममा सहमति जुटेको बताइएको छ।