स्रोत नखुलेको रकमसहित महिला पक्राउ

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

रौतहटमा स्रोत नखुलेको रकमसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । भारतको सीतामढी जिल्ला बैरगनियाकी अन्दाजी ४५ वर्षीया रामकली देवीलाई आइतबार गौर नगरपालिका– १ स्थित भन्सार ब्यारेकगेट अगाडिबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा नियमित चेकजाँचका क्रममा पैदल यात्रामा रहेकी ती महिलामाथि शंका लागेपछि खानतलासी गरिएको थियो ।

भन्सार सुरक्षागार्ड रौतहटबाट प्रहरी हवल्दार बुधराम महतोको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दा उहाँको साथबाट नेपाली रुपैयाँ दुई लाख ५० हजार दुई सय र भारतीय रुपैयाँ एक सय बरामद भएको प्रहरी निरीक्षक रुद्रराज कँडेलले जानकारी दिए  ।

बरामद रकमको स्पष्ट स्रोत खुल्न नसकेपछि रामकली देवीलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार