संगीतकार शम्भुजित बाँस्कोटालाई मातृशोक परेको छ । उनकी १०६ वर्षीया आमा मिठूकुमारी बाँस्कोटाको आइतबार बिहान ११ बजे निधन भएको हो ।
बिहान एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा निधन भएको बाँस्कोटाले बताए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
मिठू बाँस्कोटाका एक छोरा र तीन छोरी छन् । आमाको निधनपछि शम्भुजित बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैँका लागि बिदा लिनुभयो।’