पर्सा प्रहरीले हुन्डीको १० लाख रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका–४, देवरवानाका २२ वर्षीय पवनकुमार साह, सोही ठाउँका ३० वर्षीय मुस्ताक अनुसार र १९ वर्षीय रामपुकार पासवान रहेको प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए ।
उनका अनुसार शनिबार पर्साको जगरनाथपुर गाउँपालिका–३, गडैयाटोलबाट उनीहरूको साथबाट स्रोत नखुलेकाे १० लाख दुई हजार १० रुपैयाँ र ना१६प ३०२० नम्बरको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।