एमालेबाट जाजरकोटमा पाँचजनाको सिफारिस

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले) जिल्ला कमिटी जाजरकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कमिटीको आठौँ बैठकबाट सर्वसम्मत रूपमा पाँच जनाको नाम केन्द्रमा पठाउने निर्णय गरिएको जिल्ला कार्यवाहक अध्यक्ष विश्वबिक्रम शाहले बताए।

बैठकले पुरुषतर्फ नीरजप्रसाद आचार्य, डम्मरबहादुर सिंह, नारायण घर्ती र गणेश थापाको तथा महिलातर्फ कौशिला खत्रीको नाम सिफारिस गरेको छ। कार्यवाहक अध्यक्ष शाहका अनुसार पार्टीभित्र व्यापक छलफलपछि योग्य र संगठनप्रति प्रतिबद्ध व्यक्तिहरूको नाम सिफारिस गरिएको हो।

‘पार्टीको नीति, विचार र संगठन मजबुत बनाउने क्षमता भएका नेताहरूलाई सिफारिस गरिएको छ,’ उनले भने। सिफारिस प्रक्रियामा समावेश सबै नेताहरूले पार्टी निर्णयलाई सम्मान गर्दै निर्वाचन तयारीमा जुट्ने बताए। 

केन्द्रीय सदस्य नीरज आचार्यले कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम निर्णय केन्द्रले गर्ने बताउँदै जाजरकोटबाट बलियो र एकताबद्ध सन्देश पठाइएको प्रस्ट पारे।

सुझावित समाचार