ठमेलको एक क्लबमा हत्या प्रयास गर्ने सिन्धुपाल्चोकका विष्णु श्रेष्ठ पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।
श्रेष्ठले गत ६ पुसमा टर्टल लाउन्ज एन्ड क्लबमा एक युवकको हत्या प्रयास गरेका थिए। फलामको लेजर लाइट र नकले हानेर गम्भीर घाइते बनाई भागेका उनलाई शनिबार ठमेलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी– ५ स्थायी घर भएका श्रेष्ठ गुन्डागर्दीमा संलग्न व्यक्ति हुन्। यसअघि उनी एकपटक ज्यान मार्ने उद्योग, दुईपटक चोरी र चारपटक अभद्र व्यवहारको मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्।